१६ बर्ष पछि बिजुली बाल्ने सपना पूरा

पाल्पा । पाल्पाको निस्दी–७, बतासाका रामबहादुर विकले बिजुली बत्ती बाल्न १५ हजार रुपियाँ बुझाएको १६ वर्ष भयो । घरमा बिजुली बत्ती बाल्ने रहरले बङ्गुरको पाठो बेचेर उनले १५ हजार रुपियाँ सामुदायिक विद्युतीकरणका लागि बझाए।

डेढ दशकपछि बल्ल विकको घरमा बिजुली बत्ती बल्यो । यसले विकसहित बतासा गाउँका सबैलाई खुसी बनाएको छ। डेढ दशकपछि गाउँमा बिजुली बल्दा गाउँ र गाउँलेको मुहारसमेत उज्यालो भएको छ ।

बिजुली बत्तीको पर्खाइमा रहेका निस्दीका बासिन्दा लामो समयपछि बत्तकिो पहुँचमा पुगेका छन्। निस्दीको बतासा, ज्यामिरे र सिन्दुरे गाउँमा पहिलो पटक बिजुली बत्ती बलेपछि यहाँका बासिन्दा खुसी भएका छन् ।

बिजुली बत्ती बाल्न यहाँका बासिन्दाले सामुदायिक विद्युतीकरणमार्फत घरको खसी, बोका तथा सुँगुरका पाठा बेचेर रकम उठाएका थिए। उक्त रकम उठाएको डेढ दशकसम्म विद्युतीकरण हुन सकेको थिएन ।

घरमा बिजुली बत्ती बाल्ने सपनासहित विद्युतीकरणका लागि पाँच हजारदेखि १५ हजार रकम उठाएको डेढ दशकपछि बल्ल बत्ती बाल्न पाएको स्थानीय बासिन्दा टेकबहादुर पल्लीले बताए । बिजुली बत्ती बलेपछि आफूहरूले बिजुली बाल्ने सपना पूरा भएको र अबदेखि टुकीको सहारा लिन नपर्ने भएको बताए ।

निस्दीका अधिकांश वडामा बिजुली बत्ती बाल्नका लागि सम्बन्धित निकायलाई पटक पटक ताकिता गरेपछि काम भएको पालिकाका अध्यक्ष मुक्तबहादुर सारूले बताए । गाउँमा विद्युतीकरण भएपछि निस्दीका जनतामा आर्थिक सामाजिक जीवनमा सकारात्मक परिवर्तन आउने अध्यक्ष सारूले बताए ।

निस्दी वडा नं. ७ का वडाध्यक्ष मुक्तबहादुर पाटाले ज्यामिरेको धेरैजसो टोलमा विद्युतीकरण भइसकेको र बाँकी बेभोके, रोल्लाबास, मदनपुरलगायतका स्थानमा पनि छिट्टै बत्ती बल्ने बताए ।

गाउँमा बिजुली बत्ती आएपछि विद्यार्थीलाई पढ्न, मोबाइल चार्ज गर्न, रेडियो सुन्न र टिभी हेर्न सजिलो भएको छ। बिजुली बत्तीको सहायताले गाउँमै अधिकांश काम हुने यहाँका बासिन्दाले अपेक्षा गरेका छन्। यसअघि टुकीको भरमा बसेका बासिन्दाका लागि बिजुली बत्ती घरमा जोड्न पाउनु खुसी र गौरवको कुरा भएको वडाध्यक्ष पाटाले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?