सियारीका २५० घरधुरीलाई जग्गाधनी पुर्जा

रुपन्देही । रुपन्देहीको सियारी गाउँपालिकाले गाउँ ब्लक अन्तर्गतका दुई सय ५० घरधुरीलाई बिहिबार जग्गाधनी पुर्जा वितरण गरेको छ ।

नापी कार्यालय रुपन्देहीको समन्वयमा सियारी गाउँपालिकाले वडा न. २, ४ र ५ का २ सय ५० घरधुरीलाई पुर्जा वितरण गरिएको पालिकाका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए । उनले लामो समयको पहल र मेहनतपछि सियारीवासीले पुर्जा प्राप्त गरेको बताए ।

विस २०२५ सालमा नापीमा छुटेका तर शुरु नापी हुदाँदेखि नै जोगभोग गरे पनि पुर्जा नपाएका नागरिकलाई जग्गाधनी पुर्जा वितरण गरिएको हो ।

रुपन्देहीमा एक हजार आठ सय गाउँँ ब्लकको नापी भएकामध्ये एक हजार एक सय ५० गाउँ ब्लकको पुर्जा वितरण गर्न बाँकी रहेको नापी कार्यालयका प्रमुख सुग्रिव यादवले जानकारी दिए । उनले सियारीमा एक सय १५ गाउँ ब्लकमध्ये अब ३५ बटा ब्लकको मात्र वितरण गर्न बाँकी रहेको बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले पुर्जा वितरण गर्न बाँकी रहेकाको पनि छिट्टै नै वितरण गर्नेगरी काम अगाडि बढाइएको जानकारी दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?