एसियन गेममा पदक जित्ने चौधरी सम्मानित

परासी । चीनमा हालै सम्पन्न एसियाली खेलकुदमा कबड्डीतर्फ कास्य पदक विजेता श्रीजनाकुमारी थारु गृह जिल्ला पश्चिम नवलपरासीमा सम्मानित भएकी छन् ।

सोमबार जिल्लाको बर्दघाटमा आयोजित एक कार्यक्रममा कबड्डी टीमकी राष्ट्रिय खेलाडी थारुलाई सम्मान गरिएको हो ।

महिला कबड्डी टीमले एसियन गेम्समा पहिलो सहभागितामै पदक जितेको हो । चौधरीलाई पश्चिम नवलपरासी क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सांसद विनोद चौधरीले सम्मानित गरेका हुन् ।

जिल्लाको प्रतापपुर गाउँपालिका वडा न. २ प्रसौनी निवासी थारुलाई सांसद चौधरीले सम्मान गर्दै खेल जीवनको सफलताको शुभकामना दिए ।

खेलमार्फत् नवलपरासी जिल्लालाई मात्रै नभएर सिंगो लुम्बिनीको प्रतिनिधित्व गर्दै नेपालकै नाम राख्न सफल भएकोमा खेलाडी थारुलाई सम्मान र हौसला प्रदान गरिएको चौधरीले बताए ।

सम्मान ग्रहण गर्दै राष्ट्रिय खेलाडी थारुले गृह जिल्लामा खेलाडीलाई सम्झेर हौसला प्रदान गरेकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा थप मेहेनत गरेर देशको नाम राख्ने बताइन् । –कान्तिपुर बाट

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?