बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले नयाँ वर्षलाई देश र जनताको सुख, शान्ती र समृद्धि र देशको अवस्था परिवर्तनमा उपयोग गर्न आग्रह गरेका छन् ।
नयाँ वर्ष २०८० का अवसरमा शुभकामना सन्देश दिँदै उनले मुलुकलाई आर्थिक, सामाजिक एवं राजनीतिक रुपमा अगाडी बढाउन सबैको अहम् भूमिका रहेकोले इमान्दारीता, कर्तव्यनिष्ट, जवाफदेही नागरिकको रुपमा आफूलाई स्थापित गर्दै मुलुकको अभिभारा बोक्न सके मुलुकलाई गन्तव्यमा पु¥याउन सकिने उल्लेख गरेका छन् ।
शुभकामना सन्देशमा उनले भनेका छन, “संघीयता कार्यान्वयन गर्ने महत्वपुर्ण थलोको रुपमा रहेको लुम्विनी प्रदेश सभामा बन्ने सबै ऐन कानुनलाई जनताको पक्ष र हितमा हुने गरी जनमैत्री बनाउने प्रतिवद्धता पनि व्यक्त गर्दछु ।”

