दाङ । दाङमा बुधबार दिउँसो अटो दुर्घटनामा गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ ।
जिल्लाको बङ्गलाचुली गाउँपालिका–५ की ६५ वर्षीया भेगी बुढाको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख रामबहादुर केसीले जानकारी दिए ।
बङ्गलाचुली–५ गुरासेनी डाँडाबाट रा १ ह ५८०५ नं को अटो ब्रेक फेल भई झन्डै पाँच सय मिटर तल खसेको थियो । घाइते बुढालाई घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएकामा त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि कोहलपुर पठाइएको थियो ।

