नाबालिग बलात्कार आरोपमा ४० वर्षीया पुरूष पक्राउ

बर्दिया । बर्दियामा नाबालिग बलात्कार आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गेरुवा गाउँपालिका – ६ का ४० बर्षीय प्रकाश खवास रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बर्दियाको सूचना शाखामा कार्यरत प्रहरी सहायक हवल्दार नारायण ओलीका अनुसार खवासले कार्तिक २८ गते दश बजे राति नाबालिगलाई आफ्नै गोठमा लगेर बलात्कार गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो ।

पीडितले आफुमाथि भएको बलात्कार बारे सोमबार दिएको जानकारीका आधारमा आरोपित खवासलाई नियन्त्रणमा लिइ प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको ओलीले जानकारी दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?