गुल्मीका दुई स्थानीय तहमा बिहीबार सार्वजनिक बिदा

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका र गुल्मी दरबार गाउँपालिकाले मङ्सिर ७ गते सार्वजनिक बिदा दिएका छन् ।

हरिबोधिनी एकादशी २०८० को अवसरमा प्रसिद्ध धार्मिक, ऐतिहासिक स्थल रेसुङ्गा पोखरीमा धार्मिक मेला लाग्ने भएकाले विगतमा झैँ यस वर्ष पनि बिदा दिइएको रेसुङ्गा नगरपालिकाले जनाएको छ ।

यस्तै छिमेकी गाउँपालिका गुल्मी दरबारले पनि भोली बिदा दिने निर्णय गरेको हो । दरबार गाउँपालिका अध्यक्ष सरोज कुमार थापाले हरिबोधिनी एकादशीको दिन गुल्मीको रेसुङ्गामा विशेष मेला लाग्ने भएकाले बिदा दिएको बताए । मेला हेर्न जिल्लाका विभिन्न स्थान सहित छिमेकी जिल्लाका मानिसहरू रेसुङ्गा आउने गर्दछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?