बर्दिया । नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले ४० वर्षीय पुरुषलाई पक्राउ गरेको छ । प्रहरीले मंगलबार बेलुकी गेरुवा गाउँपालिका-६ का प्रकाश खवासलाई पक्राउ गरेको हो ।
गत कात्तिक २८ गते गोठमा लगी जबरजस्ती करणी गरेको आफन्तले प्रहरीमा उजुरी गरेका थिए । जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी एवं डीएसपी तुलसीराम अर्यालले घटनाको अनुसन्धान भइरहेको बताए ।
प्रहरीले खवासमाथि जबर्जस्ती करणीको मुद्दामा अदालतबाट म्याद थप गरी कारबाही प्रक्रिया अगाडि बढाएको उनले जनाए ।

