बुटवलमा फ्रेस मिल्क कारखाना सञ्चालन

बुटवल । सरकारी स्वामित्वमा रहेको दूग्धविकास संस्थान (डीडीसी) ले नेपालमै पहिलो पटक प्लाष्टिक बोटलमा फ्रेस मिल्क बजारमा ल्याएको छ ।

शुक्रबार संघीय मन्त्रालयको पशुपक्षी विकास मन्त्री डा. बेदुराम भुसालले यो प्लान्टको शुभारम्भ गरे । एनएलएसआईपीको ३ करोड ५० लाख रुपैयाँ अनुदान सहयोगमा दुग्ध विकास संस्थान लुम्बिनी वितरण आयोजनामा बुटवलमा उक्त प्लान्ट निर्माण गरिएको हो ।

प्लान्टका लागि आवश्यक सम्पूर्ण उपकरणहरू अनुदान सहयोगमा प्राप्त भएको हो भने डीडीसीले ५५ लाख लागतमा भवन निर्माण लागत सहभागिता गरेको छ । बुटवलमा नेपाल लाइभ स्टक सेक्टर इनोभेसन आयोजना संघीय आयोजनाको अनुदान सहयोगमा निर्माण भएको प्लान्टबाट फ्रेस मिल्क उत्पादन सुरुवात गरिएको हो ।

फूल अटोमेटिक फ्रेस मिल्क प्लान्टमा दिनमा दुई ब्याच सञ्चालन गर्न सकिन्छ जसमा २०० मिलिलिटरको बोटलमा प्रतिघण्टा २ हजार ५ सय बोतल भर्न सक्ने क्षमता रहेको छ । ५ हजार क्षमताको पाष्चरराइजेशन मेसिनसहितको सहयोग नेपाल लाइभ स्टक सेक्टर इनोभेसन आयोजनाले गरेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?