गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु

देउखुरी । दाङको लमहीमा हाइस गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । शुक्रबार बेलुका पश्चिमबाट पूर्व जाँदै गरेको रा१ख २१७३ नंको हाइसले लमही नगरपालिका–७ पदमिनीखोलामा साइकल यात्रीलाई ठक्कर दिएको थियो ।

हाइसको ठक्करबाट गम्भीर घाइते भएका लमही नगरपालिका–७ नयाँबस्ती निवासी ५२ वर्षीय भगत चौधरीको उपचारका क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते चौधरीलाई लमही अस्पतालमा सामान्य उपचारपश्चात् नेपालगञ्ज पठाइएको थियो । टाउकामा गम्भीर चोट लागेका चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिए । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?