लुम्बिनी प्रदेशका मुख्यमन्त्री र सभामुखबीच भेटवार्ता

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी र सभामुख तुलाराम घर्ती मगरबीच भेटवार्ता भएको छ ।

शुक्रबार बुटवलमा भएको भेटवार्तामा उनीहरुबिच सरकार बिस्तार, प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान, प्रदेश सभाका विषयगत समितिको सभापति चयन, सरकार बिस्तारलगायतको विषयमा छलफल भएको हो ।

भेटवार्तामा मंसिरभित्र मन्त्रिपरिषद् विस्तार र समितिका सभापति चयन गर्ने विषयमा छलफल भएको सभामुख मगरले बताए ।

लुम्बिनी प्रदेशमा सरकार गठन भएको ७ महिना हुँदा पनि मन्त्रीपरिषद्ले पूर्णता पाएको छैन । यस्तै संसदीय समितिका सभापति चयन हुन सकेको छैन ।

यस्तै भेटमा सरकार र सभाका काम कारबाहीलाई प्रभावकारी रूपमा लैजान समन्वय आवश्यकता पर्नेमा उनीहरुले जोड दिएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?