निजामति कर्मचारी संगठनको ३३ औं स्थापना दिवस मनाइयो

बुटवल । नेपाल निजामति कर्मचारी संगठनको ३३ औं स्थापना दिवसको अवसरमा पारेर नव बर्ष बुटवलमा २०८० सालको भित्तेपात्रो विमोचन एवम् शुभकामना आदान प्रदान कार्यक्रम गरिएको छ ।

कार्यक्रममा एमाले केन्द्रीय सचिव एवं लुम्बिनी प्रदेशका इन्चार्ज छविलाल विश्वकर्माले जनताले अनुभुत हुनेगरी सहज सेवा प्रवाह गर्न कर्मचारीहरुलाई आग्रह गरे । उनले संघीयता कार्यान्वयनसँगै अधिकार र सेवा विकेन्द्रित भएको अवस्थामा नागरिकले पाउने सेवालाई थप प्रभावकारी बनाउन कर्मचारीको भूमिका महत्वपूर्ण हुने बताए ।

लामो इतिहास भएको नेपाल निजामति कर्मचारी संगठनमा आवद्ध कर्मचारीहरुको देशका हरेक परिवर्तनमा महत्वपूर्ण भूमिका रहेको पनि विश्वकर्माले बताए ।

कार्यक्रममा बोल्ने वक्ताहरुले कर्मचारीहरुले नागरिक सेवालाई थप सहज र प्रभावकारी बनाउनु पर्नेमा जोड दिए । उनीहरुले देश संघीयतामा गईसकेको करिब एक दशक पुग्नै लाग्दा समेत प्रशासनिक संघीयता कार्यान्वयन गर्ने संघीय निजामती सेवा ऐन जारी नहुँदा कर्मचारीहरुले बदलिदो परिस्थितिमा कहाँ पुग्ने र कसरी काम गर्ने भन्ने विषयमा अन्यौलता सिर्जना भएको भन्दै पेशागत अधिकारका लागि पनि एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।

पेशागत महासंघ नेपालका केन्द्रीय सदस्य रमेश प्रसाद पाण्डेले अहिलेसम्मका आन्दोलन र त्यसबाट प्राप्त उपलब्धिको रक्षा गर्न कर्मचारीलगायत सबै एकजुट हुनुपर्ने बताएका थिए । कर्मचारीका पेशागत सुरक्षाका विषयमा देखिएका अन्यौलता हटाउने गरी कानुन निर्माण गर्ने उल्लेख गर्दै उनले आवश्यक सुझावका लागि सबै कर्मचारीहरुलाई आग्रह गरेका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?