back to top

रूपन्देहीमा स्कुल बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु

रूपन्देही । रुपन्देहीको गैडहवा गाउँपालिका–१ मा स्कुल बसको ठक्करबाट आइतबार बालिकाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय सुर्यपुराका अनुसार कञ्चन–३ हरैयामा रहेको मोर्डन भिजन एकेडेमी स्कूलको लु १ क २२३६ नम्बरको बसले बालिकालाई ठक्कर दिएको हो । बसको ठक्करबाट गैडहवा–१ का राम हरिजनकी २ वर्षीया छोरी नारियाले ज्यान गुमाएकी हुन् ।

झारबैराको भित्री सडक मोडहवादेखि टाडीतर्फ गइरहेको बसले बालिकालाई ठक्कर दिएको थियो । बस र चालकलाई प्रहरीले नियन्त्रण्मा लिएको छ भने शवलाई पोष्टमार्टमका लागि भैरहवा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?