पाण्डे उद्योग व्यापार संघ बुटवलको अध्यक्ष निर्वाचित

बुटवल । उद्योग व्यापार संघ बुटवलको अध्यक्षमा विष्णुप्रसाद पाण्डे निर्वाचित भएका छन् । संघको बुटवलमा सम्पन्न पाँचौं साधारणसभा तथा तेस्रो अधिवेशनबाट पाण्डेको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

संघको वरिष्ठ उपाध्यक्षमा लोकनाथ पन्थी, उद्योग उपाध्यक्षमा पदम जि.सी., वाणिज्य उपाध्यक्षमा केशव श्रीस,महिला उपाध्यक्षमा अन्जु पाण्डे, महासचिवमा यमलाल मरासिनी, सचिवमा कोशलराज भण्डारी, कोषाध्यक्षमा नम्रता थापा र सहकोषाध्यक्षमा अर्जुन गिरी निर्वाचित भएका निर्वाचन समिति संयोजक दामोदर घिमिरेले बताए ।

यस्तै कार्यसमिति सदस्यहरुमा न्याजुद्दिन मियाँ, विनोद खाती, देवेन्द्र राना, विष्णु मरासिनी, दिपीका क्षेत्री, विशाल पन्थी, विनोद आचार्य,सौरभ भुसाल, दिल प्रसाद शर्मा, प्रशान्त बञ्जाडे, विजय आचार्य, जीवबहादुर बुढाथोकी, जनेस पन्थी, बसन्ता खनाल र नारायणप्रसाद पाण्डे निर्वाचित भएका निर्वाचन प्रमुख घिमिरेले जानकारी दिए ।

निर्वाचित पदाधिकारी र सदस्यहरुलाई संघका निवर्तमान अध्यक्ष गोविन्दराज गैरे,नेपाल उद्योग व्यापार महासंघका बाणिज्य उपाध्यक्ष बाबुराम पोखरेल, महासचिव खिमनारायण पराजुलीले पद तथा गोपनीयताको शपथ गराएका छन् ।

नवनिर्वाचित अध्यक्ष पाण्डेले संघको सचिवालय भवन निर्माण र २०८२ मा बुटवल अन्तर्राष्ट्रिय प्रदर्शनीस्थलमा औद्योगिक व्यापार मेला सञ्चालन आफ्नो मुख्य कार्यभार रहेको बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?