ईदले नेपालीहरुमा धार्मिक एकता, वन्धुत्व र सद्भाव कायम राख्न सकोस्

दाङ । लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले ईदले सवै नेपालीहरुबीचमा धार्मिक एकता, वन्धुत्व, सद्भाव कायम राख्न महत्वपुर्ण भूमिका खेल्न सक्नुपर्ने बताएका छन् ।

मुस्लिम समुदायको महान् पर्व ईद (ईद–उल–फित्र)को अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उनले यस्ता चाडपर्वले नेपालीहरुलाई एकताको मालामा गाँस्न सहयोग पु¥याएको बताए । शुभकामना सन्देशमा उनले भनेका छन, “नेपाल बहुभाषिक, बहजातीय बहुधार्मिक, बहुसांस्कृतीक विविधतापुर्ण छ । जुन नेपालीहरुको जातीय एकता, सद्भाव र सहिष्णुता एक महत्वपुर्ण विशेषता हो ।”

उनले संघीय संविधानको रक्षा गर्दै विभिन्न जाती, धर्म, समुदाय, संस्कृति र समुदायको संरक्षण र संवद्र्धनका लागि अधिकार स्थापित गर्नु परम कर्तव्य भएको उल्लेख गरे । लुम्विनी प्रदेश सभाले सामाजिक न्यायलाई स्थापित गर्न जातीय भाषिक र धार्मिक रुपमा उत्पीडित समूदायको हक अधिकार संरक्षणको लागि कानुन निर्माणमा विशेष ध्यान दिएको उनको भनाई छ ।

सभामुख घर्तीमगरले सवै समुदायको राज्य सत्तामा अर्थपूर्ण सहभागिता नै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको वास्तविक मर्म र भावना भएको बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?