प्युठान । प्युठानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
जिल्लाको प्युठान नगरपालिका–२ झारिवाङमा रा १ त २१८८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा पाल्पाको रम्भादेवी गाउँपालिका–४ का २३ वर्षीय डम्बर बहादुर सुनारी मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक हुमाकान्त खनालले जानकारी दिए ।
दुर्घटनामा घाईते भएका मगरको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ओरालो सडकमा ब्रेक फेल हुँदा भएको दुर्घटनामा नौबहिनी गाउँपालिका–४ खवाङका १९ वर्षीय नवीन मल्ल घाइते भएको प्रनि खनाले बताए ।

