दाङमा सुन जस्तो देखिने पहेँलो धातुसहित २ जना पक्राउ

काठमाडौं । दाङमा सुन जस्तो देखिने पहेँलो धातुसहित दुईजना पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका–५, विरेन्द्र चोकस्थित बजारबाट बिल तथा कागजातहरू नभएको सुन जस्तो देखिने पहेँलो धातु एक तोला २.५ लालसहित दुईजनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–३, डाडाकुटी बस्ने २१ वर्षीय शेरबहादुर विश्वकर्मा र १९ वर्षीय रूपलाल विश्वकर्मा रहेका छन् ।

उक्त बजारमा केही व्यक्तिहरूले बिल कागजातहरू नभएका अवैध सुनका गरगहनाहरू बिक्री गरिरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूको साथबाट सुन जस्तो देखिने पहेँलो धातुबाट बनेका हाइड्रोलकेट ६ थान, टिकटकमाला आठ थान, बेबी साइडहार ६ थान र औठी २४ थान गरी जम्मा उक्त तौलको धातु फेला बरामद गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुर बाँके पठाइएको जनाइएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?