नेपालगन्जबाट कस्तुरीको बिना जस्तो देखिने बस्तु बरामद

बाँके । बाँके जिल्लाको नेपालगन्ज उपमहानगरपालिका १५ जमुनास्थित भन्सार इलाकाबाट पुस ५ गते सशस्त्र प्रहरीले ५ वटा कस्तुरीको बिना जस्तो देखिने बस्तु बरामद गरेको छ ।

प्रस्तावित सीमा सुरक्षा गुल्म जमुनाह बाँकेले उल्लेखित बस्तु बरामद गरेको हो । बरामद बस्तु खैरो, कालो र रातो रङको छ भने ५ वटाको तौल ८१ ग्राम रहेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेका व्यक्तिले सशस्त्र प्रहरीलाई देख्नासाथ आफूले बोकेको झोला फालेर भागेका थिए । उनले फालेको झोला जाँच गर्ने क्रममा कस्तुरीको बिना जस्तो देखिने बस्तु फेला परेको हो ।

बरामद कस्तुरीको बिना जस्तो देखिने बस्तु आवश्यक अनुसन्धान कारवाहीका लागि डिभिजन वन कार्यालय बाँकेमा बुझाइएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?