बलात्कारको आरोपमा थुनामा रहेका थारुको मृत्यु

बर्दिया । बर्दिया कारागारका एक कैदी बन्दीको उपचार गर्न भेरी अस्पताल,नेपालगन्ज लैजाँदा बाटोमा मृत्यु भएको छ ।

दम र प्रेसर भएका मधुवन नगरपालिका–२ का ७४ वर्षीय चिन्तानी थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एवं डिएसपी तुलसीराम अर्यालले बताए ।

उनीमाथि जबर्जस्ती करणीको अभियोगमा कारागारमा बन्दी जीवन बिताइरहेको उनले जनाए । ०७९ साल जेठ २३ गते जिल्ला अदालत, बर्दियाले पुर्पक्षका लागि कारागार चलान गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?