दाङमा ट्राफिक प्रहरीको हेल्मेट चोरी गरेपछि…

तुलसीपुर । दाङको तुलसीपुरमा ट्राफिक प्रहरीको हेल्मेट चोरी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रा १ ख २२५८ नम्बरको टिप्पर चालक तुलसीपुर ९ बेलुवाका ३५ बर्षीय शेरबहादुर बुढा रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बुढाले तुलसीपुरको वसपार्क स्थित सडक छेउमा मोटरसाइकलसँगै राखेको ट्राफिक प्रहरीको हेल्मेन्ट चोरी गरेका हुन् ।

ट्राफिक प्रहरीले वसपार्कमा जेब्राक्रसिङ बनाउदै गरेको अवस्थामा हेल्मेट चोरेर भागेका उनलाई अटोभिलेजबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?