तिलौराकोटमा वन रक्षक र सिकारीबिच गोली हानाहान

कपिलवस्तु । चोरी सिकारीका लागि तिलौराकोट साझेदारी वनमा छिरेका सिकारीहरू र वन रक्षकबिच गोली हानाहान भएको छ ।

सव वन डिभिजन कार्यालय गोरुसिङ्गेबाट गस्तीमा खटिएको वनको टोलीसँग सिकारीहरूको जम्काभेट भएपछि बिहीबार दिउँसो पूर्व पश्चिम राजमार्गको उत्तर पट्टीको बलुन्द्र खोलाको किनारमा सो झडप भएको डिभिजन वन कार्यालय कपिलवस्तुले जनाएको छ।

गस्ती टोलीले बन्दुक पड्किएको आवाज सुनेको थिए। सो पश्चात् टोलीले गोरुसिंङ्गेबाट थप टोली बोलाएर सिकारी समूहलाई घेरा हाल्ने क्रममा १२/१४ जनाको समूहमा ३/४ वटा बन्दुक सहित रहेका सिकारी टोलीले ६/७ राउण्ड हवाई फायर गरे। त्यसपछि गस्ती टोलीले सिकारीहरू तर्फ ५ राउण्ड हवाई फायर गरेपछि सिकारीहरू भागेका थिए ।

गस्ती टोलीले सोही समूहका बाणगंगा नगरपालिका वडा नम्बर-७ धैरेनीडाडा बस्ने वर्ष ३९ का जंग बहादुर परियारलाई घेरा हालेर नियन्त्रणमा लिएको छ ।

उनलाई आवश्यक कारबाहीका लागी इलाका प्रहरी कार्यालय गोरुसिंङ्गेमा बुझाइएको छ। पछिल्लो समय तिलौराकोट साझेदारी वन क्षेत्रमा वन संरक्षण सम्बन्धी कार्य अगाडी बढ्नुका साथै वन डढेलो घट्दा जैविक विविधता बढेको छ ।

वनमा जैविक विविधता बढेसँगै सिकारीको जोखिम बढेको तिलौराकोट साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष जय प्रकाश पाण्डेयले बताए ।

वनमा चितुवा, हरिण, निलगाई बँदेल, वन कुखुरा, मयुर लगायतका वन्य जन्तुको संख्या बढेको छ। पछिल्लो दुई वर्षमा वन क्षेत्रमा सो घटना पहिलो भएको र वन्यजन्तुको सिकार गर्नका लागी सिकारीहरू गएको हुन सक्ने डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख विजयराज सुवेदीले बताए। उनले वन क्षेत्रमा निगरानी बढाइने बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?