दाङमा मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते

तुलसीपुर । दाङको तुलसीपुरमा मोटरसाईकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

घाइते हुनेमा सोटरसाइकल चालक तुलसीपुर–१३ सिमलखुट्टिका २५ वर्षिय टेक बहादुर महतारा र पछाडी सवार सोहि ठाउँका १७ वर्षिय अनिल घर्ती रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिए ।

प्रहरीका अनुसार तुलसीपुरदेखि बखरियातर्फ जादै गरेको रा २ प ७२४ नम्बरको मोटरसाइकल तुलसीपुर १२ पुकार पसल नजिकै शनिबार साँझ आफै अनियन्त्रित भएर पल्टिदा दुर्घटना भएको हो ।

घाईते मध्य चालकको अवस्था गम्भिर रहेकाले नेपालगञ्ज रिफर गरिएको र पछाडी सवार रहेका घर्ती राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार पछी डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?