कपिलवस्तुमा गाई काट्ने ३ जना पक्राउ

बुटवल । कपिलवस्तुमा गाई काटेको आरोपमा तीन जना पक्राउ परेका छन् । जिल्लाको बाणगंगा नगरपालिका–१० भावपुरमा गाई काटेको आरोपमा तीन जना पक्राउ परेका हुन् ।

आइतबार साँझ स्थानीय सुरज विकको घरमा गाई काटेर मासुको भाग लगाइरहेको अवस्थामा तिन जनालाई पक्राउ गरिएको कपिलवस्तु प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा सुरज विक, बुद्धुभुमी नगरपालिका वाड नम्बर ८ हरिहरपुरका बर्साती थारु र रुपन्देही कन्चन ५ का श्रीधर टमाटा रहेको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक गोपाल रायमाझीले बताए ।

उनीहरूको साथबाट सय केजी मासु पनि नियन्त्रणमा लिएको प्रहरीले बताएको छ । उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको प्रहरी निरीक्षक रायमाझीले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?