प्यूठानमा आमाछोरा झुन्डिएको अवस्थामा फेला

बुटवल । प्यूठानको झिमरुक गाउँपालिका–३ सिमसारामा आमा छोरा झुन्डिएको अवस्थामा फेला परेका छन् ।

स्थानीय ३४ वर्षीया विष्णा खड्का र उनका २१ वर्षीय छोरा विशाल खड्का मृत भेटिएका हुन् । उनीहरु सानिमा छोरा हुन् । बिशालकी आमाले छोडेर हिडेपछि बावु कृष्ण बहादुरले बिष्णा संग बिवाह गरेका थिए ।

काफलको एउटै बोटमा आमा छोरा झुन्डिएको अवस्थामा फेला परेको स्थानीय पदम बहादुर खड्काले जानकारी दिए ।घटनास्थलमा पुगेको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान सूरु गरेको छ । मृतकका श्रीमान् कृष्ण बहादुर खड्का मजदुरीका लागि भारतमा छन् ।

हिजो सांझ बाट घर नगएका उनीहरु आज खोजी गर्ने क्रममा काफलको रुखमा झुण्डिएको अवस्थामा फेला परेको झिमरुक गाउपालिका वडा नं ३ का वडाध्यक्ष मिन बहादुर खत्रीले बताए ।

मजदुरीका लागि भारतमा रहेका कृष्ण बहादुरलाई खवर गरि सकिएको र उनी आएपछि थप प्रक्रिया अगाडी बढाउने वडाध्यक्ष खत्रीले बताए ।

प्रहरी टोली आई पुगेर कानूनी प्रक्रिया सूरु गरेको छ। मृतकका श्रीमान आई पुगेपछि अन्तेष्टिको काम अगाडी बढने छ उनले भने ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?