प्यूठानमा माइक्रो बस दुर्घटना हुँदा १० जना घाइते

प्यूठान । प्यूठानमा माइक्रो बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । प्यूठानको बाग्दुलाबाट भालुबाङतर्फ जाँदै गरेको लु २ ख ३०९३ नम्बरको माइक्रो बस सरुमारानी गाउँपालिकाको बड्डाडानजिकै  दुर्घटना हुँदा १० जना घाइते भएका हुन् ।

नमस्ते दाङ यातायात प्रालिको गाडी दुर्घटनामा परेको हो । घाइतेहरूको भालुबाङमा उपचार हुँदै छ । दुर्घटनाको कारण भने खुल्न नसकेकाे जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी सागर भुषालले जानकारी दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?