नवलपरासीमा दुई हप्तामा १ सय २० जना फरार प्रतिवादी पक्राउ

परासी । पश्चिम नवलपरासीमा प्रहरीले दुई हप्तामै १ सय २० जना फरार प्रतिवादी पक्राउ गरेको छ । विभिन्न समयमा जिल्ला अदालतबाट कैद तथा जरिवाना तोकिएका, तर फरार रहेकाहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

डिएसपी रेशम बोहोराका अनुसार पक्राउ गरेर अदालतमा पेश भएका कैदीहरुबाट ६४ वर्ष ४ महिना १० दिन कैद सजाय र ४ लाख ६८ हजार ९ सय रुपैयाँ जरिवाना असुल भएको छ ।

पक्राउ पर्नेहरुमा कर्तब्य ज्यानसम्बन्धी मुद्दाका ५ जना , कुटपिट मुद्दाका ४४ जना, अवैध गर्भपतन मुद्दाका १ , हातहतियार खरखजना मुद्दाका १, लागुऔषध ओसारपसार मुद्दामा संलग्न ५ जना रहेका छन् । यसबाहेक जिल्ला अदालतले विभिन्न मुद्दामा फैसला गरेर कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका प्रतिवादी छन् ।

प्रहरीका अनुसार सीमावर्ती जिल्ला भएकाले घटना घटाउने र भारततर्फ गएर लुक्ने प्रवृत्ति रहेको छ । भारतमा लुकेर बसेका प्रतिवादीलाई नेपालमा आफन्त भेट्न आउँदा प्रहरीले निगरानी राखेर नियन्त्रणमा लिने गरेको छ । डीएसपी बोहराले प्रहरीले फरार प्रतिवादीलाई निगरानी राखेर पक्राउ गर्ने विशेष अभियान नै सञ्चालन गरेको बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?