सुरक्षाकर्मीद्धारा नेपालगञ्जका विभिन्न धार्मिकस्थलको सरसफाई

जानकी । नेपालगञ्जमा रहेका विभिन्न धार्मिकस्थलहरुको सरफाई गरिएको छ । आज विहान यहाँ कार्यरत सुरक्षाकर्मीहरुको टोलीले विभिन्न धार्मिकस्थल वरपर सरसफाई गरेका हुन् ।

‘सर्व धर्म स्थान, सरसफाई अभियान’ भन्ने मूल नाराका साथ शुक्रबार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले वागेश्वरी मन्दिर, मस्जिद, चर्चलगायत यहाँका विभिन्न धार्मिकस्थल सफाई गरेका हुन् ।

सरसफाई अभियानमा सहभागी बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले सदभावलाई जीवन्त राख्नका लागि सामूहिक सरसफाई अभियानको शुरुवात गरिएको बताए ।

“नेपालगञ्ज भन्नका लागि मात्रै सदभावको सहर भनिएको होइन । यहाँ एकले अर्काको धर्मलाई सम्मान गर्ने परम्परा रहेको र त्यही परम्परालाई जीवन्त राख्नका लागि सामूहिक सरसफाई अभियानको शुरुवात गरेका हौँ”, उनले भने ।

सो अवसरमा राँझाको इमामनगर ब्यारेकस्थित श्री बज्रदलको गणमा कार्यरत नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल नं. ३० गणमा कार्यरत सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलगायतका कर्मचारीहरुले सामूहिक रुपमा सरसफाई गरेका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?