बैङ्किङ कसुर मुद्दामा फरार कोहलपुरका शाह पक्राउ

नेपालगन्ज । बाँके जिल्ला अदालतबाट बैंङ्किङ कसुर गरेको ठहर भएका एकजनालाई बाँके प्रहरीले पक्राउ गरेर अदालतमा बुझाएको छ ।

७८ भाद्र २३ गतेको अदालतको फैसलाले कोहलपुर १० रामनगर बस्ने वर्ष ५२ को चतुर्भज शाहलाई बैङ्किङ कसुर मुद्दमा ७ दिन कैद र ८ लाख जरिवाना तोकिए लगत्तै शाह फरार भएका थिए ।

फरार शाह कोहलपुर आएको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको बाँके प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका शाहलाई प्रहरीले बाँके जिल्ला अदालतमा बुझाईएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?