बसको ठक्करबाट बालकको मृत्यु, प्रहरीको गाडी तोडफोड

घोराही । दाङमा बसको ठक्करबाट बालकको मृत्यु भएपछि आक्रोशित भीडले प्रहरीको गाडी तोडफोड गरेका छन् ।

सोमबार अपराह्न तुलसीपुर उपमहानगरपालिका-१८ झिँगे नजिकै तुलसीपुर-घोराही सडकखण्डमा सार्वजनिक बसले ठक्कर दिँदा बालकको मृत्यु भएको हो ।

दुर्घटनापछि आक्रोशित स्थानीयले प्रहरीको गाडीमा तोडफोड गरेका छन् । प्रहरीले मृतक बालकको शव उठाउन खोजेको भन्दै स्थानीय आक्रोशित बनेका हुन् । मृतक बालकको पहिचान खुलिसकेको छैन ।

घटना लगत्तै चालक बस छोडेर भागेको प्रहरीले बताएको छ । विद्यालयबाट घर जान पैदल हिँडिरहेका ती बालकलाई अगाडिको टायरले किचेको थियो । अहिले स्थानीयले तुलसीपुर–घोराही सडकखण्ड बन्द गराएका छन्।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?