गुल्मी । नाबालिग बलात्कार अभियोगमा दोषी ठहर भएका गुल्मीको इस्मा गाउँपालिकाका एक व्यक्तिलाई १९ वर्ष कैद सजाय भएको छ ।
जिल्ला अदालत गुल्मीका न्यायाधीश वसन्तराज पौडेलको इजलासले इस्मा– ४ दोहलीका ३७ वर्षीय भुपाल अधिकारीलाई १९ वर्ष कैद र सात लाख रुपैयाँ जरिवानाको फैसला गरेको हो ।
जरिवानाको सात लाख एवं पीडित बालिकाको उमेर र शारीरिक तथा मानसिक अवस्थामा परेको चोटका कारण थप एक लाख गरेर आठ लाख पीडितलाई क्षतिपुर्ती भराउने फैसला भएको जिल्ला अदालत गुल्मीका सूचना अधिकारी कृष्णप्रसाद पान्डेयले जानकारी दिए ।
त्यस्तै अधिकारीले २८ हजार पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसलामा उल्लेख छ । १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले अधिकारीलाई ०७९ साउन ११ गते गिरफ्तार गरेको थियो। उनले बालिकालाई विभिन्न प्रलोभन देखाएर गाउँकै खरबारीमा लगेर बलात्कार गरेका थिए ।