लुम्बिनीमा राष्ट्रियसभा निर्वाचनको लागि एमालेबाट ६ जना सिफारिस

रुपन्देही । नेकपा एमाले प्रदेश कमिटीले राष्ट्रियसभा सदस्य निर्वाचनको लागि लुम्बिनी प्रदेशबाट ६ जनाको नाम पार्टी केन्द्रमा सिफारिस गरेर पठाएको छ ।

नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको सचिवालय बैठकले ३ महिला र ३ पुरुष गरी ६ जनाको नाम पार्टी केन्द्रमा सिफारिस गरेको प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले जानकारी दिए ।

कँडेलका अनुसार पाल्पाका झपेन्द्र जीसी, कपिलवस्तुका सफर अलि मिया र शारदा शर्मा, बर्दियाकी कृष्णकुमारी गुरुङ, दाङकी तुलसा केसी र बाँकेकी एकमाया विश्वकर्मा सिफारिसमा परेका हुन् ।

लुम्बिनी प्रदेशबाट २ सीटमा निर्वाचन हुँदैछ । नेकपा एमालेका कुमार दशौंदी र नेपाली कांग्रेसकी अनिता देवकोटाको पदावधि सकिन लागेको छ ।

एमाले १ सीट फिर्ता लिने दाउमा छ भने सत्ता गठबन्धन एमालेबाट समेत खोस्ने रणनीतिमा छ । यहाँ एमालेसँग २ हजार ९८० मत छ भने नेपाली कांग्रेससँग ३ हजार १७९ र नेकपा माओवादी केन्द्रसँग १ हजार ३४३ मत छ । जसपासँग २७३, राप्रपासँग २६९, नेकपा एससँग ५३ र स्वतन्त्रसँग ५३ मत रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?