दाङ । दाङ प्रहरीले लागुऔषध ब्राउनसुगरसहित तीन जना पक्राउ परेका छन् ।
जिल्लाको तुलसीपुर उपमहानगरपालिका–५ बाट ३ ग्राम ५२० मिलिग्राम ब्राउनसुगरसहित तुलसीपुर–९ बेलुवाका २१ वर्षीय चन्द्रप्रकाश केसी, २१ वर्षीय प्रदीप बुढाथोकी र २१ वर्षीय सञ्जिव कठायत पक्राउ परेका हुन् ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको टोलीले तुलसीपुर–५ स्थित एक रेष्टुरेन्टबाट ब्राउनसुगरसहित उनीहरुलाई पक्राउ गरेको हो ।

