बुटवल । डाँका चोरी मुद्दामा दोषी ठहर भइ फरार रहेका कञ्चन गाउँपालिका –३ रुपन्देहीका ४६ वर्षीय बेलबहादुर थापालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत रुपन्देहीले २०६८ जेठ ३० गते थापालाई ६ वर्ष कैद सजाय र ३० हजार जरिवानाको फैसला सुनाएको थियो ।
ईलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको प्रहरी टोलीले थापालाई शनिबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक किशोर केसीले जानकारी दिए । थापालाई कैद भुक्तानका लागि जिल्ला कारागार रुपन्देहीमा पठाइएको केसीले बताए ।


१२ बर्षसम्म फरार हुँदा थप अरु कति बदमासी गर्यो होला अपराधीले ? र पनि पक्राउ परेको निजलाई कठोरतम कारावास सजाय हुनुपर्छ ।
Absulutly you are the right ️