दाङका पुन काठमाडौंबाट पक्राउ

काठमाडौं । काठमाडौंको गोंगबुस्थित मित्रनगरमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

सोमबार बिहान बा.प्र.०३–००१ प ०५०० नम्बरको टिपरले बा५४प ५२६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकलमा सवार गोरखाका २५ वर्षीय रनबहादुर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलका चालक गोरखाकै इमान गुरुङ गम्भीर घाइते भएका छन् । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उनको उपचार भइरहेको छ । प्रहरीका अनुसार, उनीहरू दुवैजना तारकेश्वर नगरपालिका बस्दै आएका थिए ।

टिपर चालक दाङका २५ वर्षीय सविन पुनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको महानगरीय प्रहरी वृत्त महाराजगन्जका प्रमुख एवं डीएसपी अमरबहादुर थापाले जानकारी दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?