एकीकृत समाजवादीका केन्द्रीय सदस्य गुरुङले दिए पार्टीबाट राजीनामा

बुटवल । नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेश कमिटी सचिव तथा केन्द्रीय सदस्यीय राजु गुरुङले पार्टी परित्यागको घोषणा गरेका छन् ।

मंगलबार केन्द्रीय समितिलाई राजीनामा पत्र लेख्दै उनले सो राजीनामा स्वकृत गरिदिन आग्रह गरेका छन् । पार्टी स्थापनादेखि समाजवादीमा लागेका गुरुङ पछिल्लो समय केन्द्रीय कमिटीका निर्णयमा असन्तुष्टि जनाउँदै निष्क्रिय रहेका थिए ।

एमालेबाट विभाजन भएपछि उनी रुपन्देहीमा समाजवादीको जिल्ला कमिटी स्थापनामा नेतृत्वदायी भूमिकामा रहेका थिए । गत प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर २ मा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका उनको उम्मेदवारी खारेजी भएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?