रुकुम पूर्वमा एफटिटीएच नेटवर्क

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल टेलिकमको रुकुम पूर्वको रुकुमकोट र रुकुम–पश्चिमको मुसिकोटमा दूरसञ्चार पूर्वाधार अप्टिकल फाइबर नेटवर्कबाट ट्रान्समिसन लिङ्क पुर्‍याएर फाइवर टू द होम (एफटिटीएच) नेटवर्कको सुुरुआत गरेकी छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित कार्यक्रममा एफटिटीएचको भर्चुअल सुरुआत गर्दै सरकारका प्रवक्ता शर्माले कान्छो जिल्ला रुकुममा एफटिटीएच जोड्न पाउँदा खुसी लागेको बताइन् । अब हुम्ला र डोल्पामा पनि सो सेवा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरिन् ।

मन्त्री शर्माले भनिन्, “सूचना र सञ्चारको विकासमा सरकार प्रतिबद्ध छ, पछिल्लोपटक भूकम्पप्रभावित जिल्लामा इन्टरनेट सेवा पुर्‍याउनुपर्छ ।” उनले सञ्चारको विकासले अन्य क्षेत्रमा प्रभाव पार्ने भएकाले सञ्चारको विकास अपरिहार्य भएको बताइन् ।

सांसद पूर्णबहादुर घर्तीले रुकुममा आधुनिक सूचना प्रविधि जोडिनु सकारात्मक भएको बताए । मन्त्रालयका सचिव तथा नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष कृष्णबहादुर राउतले ग्राहकलाई गुणस्तरीय सेवा दिन निर्देशन दिए ।

सोही अवसरमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडीले हालसम्म ७४ जिल्लामा ‘फोर जी’ सेवा पुर्‍याइसकेको जानकारी दिइन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?