बुटवल । नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको बस राप्ती नदीमा खसेर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्ज्वल सिंहका अनुसार उनीहरु गाडीले च्यापिएको अवस्थामा रहेका छन् । उनीहरुलाई निकाल्ने प्रयास भइरहेको उनले बताए ।
बाँकेको नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर राप्ती नदीमा खसेको हो ।
बसमा ३२ जना यात्रु सवार थिए । हालसम्म १७ जना घाइतेहरुको उद्धार गरिएको प्रहरीले जनाएको छ । स्थानीय र प्रहरी उद्धार कार्यमा सक्रिय छन् ।

