रेसुङ्गा नगरपालिकाका कामप्रति नेकपा एमाले असन्तुष्ट

गुल्मी । नेकपा एमाले रेसुङ्गा नगरकमिटीले रेसुङ्गा नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ । कमिटीले रेसुङ्गा नगरपालिकाबाट सम्पादन हुने काम कारबाहीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नगरपालिका उपप्रमुख अमृतादेवि कुवंरलाई सात बुँदे ज्ञापन पत्र बुझाएको हो ।

रेसुङ्गा नगरपालिकामा स्थानीय निर्वाचन भएको एक वर्ष पुग्न लागेको छ । यो एकवर्षमा एकपछि अर्को गर्दै लगातार विधि प्रकृया मिचेर एकपक्षिय स्वेच्छाचारी ढंगले कार्यसम्पादन हुँदै आएको एमालेको आरोप छ । बिज्ञप्तीमा योजनाको छनौट, बजेट वितरण र योजनाको कार्यान्वयन, सरकारी अनुदान तथा सहयोगको वितरणमा भएको स्वेच्छाचारी र विभेदकारी कार्य अविलम्ब सच्चाउन माग गरिएको छ ।

स्वेच्छाचारी कार्यशैलीकै सिलसिलामा तम्घास बजारको बाटो स्तरोन्नतीमा भएको सम्झौता विपरित, सरोकारवालसँग छलफलविना मनपरी ढंगले हठात बाटो विस्तार गर्ने काम गरेको जनाउँदै मदन भण्डारी राजमार्गको रुट तथा मापदण्ड यकिन नभई मनपरी ढंगले गरिएको तोडफोडले जनतामा सास्ती पैदा भएको एमालेले जनाएको छ ।

सार्वजनिक सम्पतिमा बनेका घर तथा अतिक्रमित जग्गामा केही नगर्ने तर हचुवाका भरमा भएका यी कार्यहरु आफैमा जनविरोधी भएको बताउँदै सरोकारवालासँगको छलफलबाट नगरविकासका कार्य अघि बढाउन तथा भत्काएका स्थानमा अबिलम्ब निर्माण गर्न बिज्ञप्तीमा जोडदार माग गरिएको छ ।

त्यस्तै नेपा एमाले रेसुंगा नगरपालिकालेले रेसुङ्गा नगरपालिकामा जनप्रतिनिधिका आफन्त तथा कर्मचारीलाई कोटेशन दिई गुणस्तरहीन काम गराउने, सामान खरिद गर्ने कार्य भएको, सार्वजनिक खरिद ऐन विपरित गरिएका कामले अनियमिततालाई प्रश्रय दिएकोले अविलम्ब सच्चाउन माग गरेको छ ।

टिनलगायतका सामग्री तथा आर्थिक सहयोगमा चरम पक्षपात गर्दै मनपरी वितरण भएको, गाडी, इन्धन र कार्यक्षेत्र बाहिरको भ्रमण लगायतमा मापदण्डविपरीत खर्च गर्ने र वितरण गर्ने कार्य भएको र राज्यको सम्पति दुरुपयोग गर्न अविलम्ब बन्द गरेर भएका खर्चहरु नियमित सार्वजनिक गर्न आग गरिएको नगरकमिटी अध्यक्ष हरि प्रसाद पोख्रेलले जानकारी दिए ।

कर्मचारी भर्नामा विधि प्रक्रिया विपरित अपारदर्शी ढंगले आफन्त पोस्ने काम भएको, वडामा जाने बजेट कम गरेर नगर प्रमुखले सोझै वितरण तथा वडाअध्यक्षको क्षेत्राधिकार मिचेर आफ्ना नजिकका व्यक्तिहरुलाइ सिफारिस गर्न दवाव दिने गरेको पाइएकोले पक्षपातपुर्व काम बन्द गर्न आग्रह गर्दै अबको योजना छनौट सर्वपक्षिय र आम जनताको बीचबाट गर्न र आयआर्जन तथा रोजगारी बढाउने योजनालाई प्राथमिकता दिन आग्रह गरिएको अध्यक्ष पोख्रेलले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?