सुदूरपश्चिम । धनगढीमा जारी ‘एनआइएमबी सुदूरपश्चिम मुख्यमन्त्री १६ वर्ष मुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिता’ अन्तर्गत आजको खेलमा लुम्बिनी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई १५ रनले पराजित गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरे को लुम्बिनी प्रदेशले २९ दशमलव चार ओभरमा सबै विकेट गुमाएर एक सय ४० रन बनायो । लुम्बिनीका लागि सन्तोष यादवले ४५ र आशिष ओलीले २२ रन बनाए । सुदूरपश्चिमका लागि आशिष शाही र अशोक धामीले दुई/दुई विकेट लिए ।
सुदूरपश्चिम २८ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर एक सय २५ रन मात्र बनाउन सक्यो । सुदूरपश्चिमका नरेन भट्ट ३२ र ऋतिक थापाले २५ रन बनाउँदा मेट्रिक थापाले अविजित २२ रन बनाए ।
लुम्बिनीका आशिष ओलीले ४ विकेट लिए । सागर गैह्रे, कमरान अहमद र सन्तोष यादवले एक/एक विकेट लिए । चार विकेट लिन सफल लुम्बिनीका आशिष ओली ‘प्लेयर आफ द म्याच’ घोषित भए ।

