नवलपरासीमा २ सय १६ फरार अभियुक्त पक्राउ

नवलपरासी । पश्चिम नवलपरासीमा प्रहरीले १ महिनामा २ सय १६ जना फरार अभियुक्त पक्राउ गरेको छ । जिल्ला अदालतबाट मुद्दाको फैसला भएर कैद भुक्तान गर्न बाँकी रहेका फरार अभियुक्तलाई पक्राउ गरेको हो ।

पुष १ गते देखि मसान्त सम्ममा प्रहरीले विशेष अभियान नै सञ्चालन गरेर फरार अभियुक्त पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी रेशम बोहोराले एक महिने अभियानबाट २ सय १६ जना फरार अभियुक्त पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेकाहरुमा कुटपिट मुद्दाका ७१ जना, अशंबण्डाका २५ जना, सवारी ज्यानका १३, सार्वजनिक अपराधका १७, लागुऔषधका ९, चोरीमा सम्लग्न १२, बन मुद्दाका ९, जबरजस्ती करणी १, कर्तब्य ज्यान ३, अपहरण १, बैदेशिक रोजगार १ जना, लुटपाटमा सम्लग्न ८ जना लगायत २५ वटा प्रकृतिका मुद्दाका फरार अभियुक्त पक्राउ परेका छन् ।

पक्राउ परेकाहरुबाट १८ लाख ६५ हजार जरिवाना असुलउपर भएको र ५४ वर्ष ६ महिना २१ दिन कैद सजाय असुल भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?