नेपालगन्जबाट काठमाडौँ जाँदै गरेको बस दुर्घटना

बाँके । नेपालगन्जबाट काठमाडौँका लागि छुटेको यात्रुबहाक बस आज बिहान दुर्घटनामा परेको छ । नवलपरासी पूर्वको देवचुली–१४ दलदलेमा आज बिहान करिब ५ बजेतिर भे १ ख ४१२८ नम्बरको उक्त बस दुर्घटनामा परेको हो ।

गाडीमा सवार चारजना घाइते भएका छन्। उनीहरूको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रवक्ता देवबहादुर पौडेलले जनाए ।

महोत्तरी जलेश्वर–१ का २५ वर्षीय शनि पाण्डे, नुवाकोट विदुर–९ का ३० वर्षीया कृतिका शाही, जुम्ला चन्दननाथ–९ की २३ वर्षीया अनिता नेपाली र बर्दिया बारबर्दिया–५ का ३२ वर्षीय सुदीप केसी घाइते भएका उनले जनाए ।

पाण्डेको बायाँ हातमा चोट लागेको छ भने शाहीको टाउकोमा चोट छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका अनुसार नेपालीको टाउको र ढाँड र केसीको अनुहारमा चोट लागेको छ। घाइतेको भरतपुरमा उपचार भइरहेको छ। उक्त बसमा ४० जना यात्रु सवार थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?