दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जना मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका–१७ मानपुरका २६ वर्षीय सविन चौधरीको रहेका छन् ।
मंगलबार साझ तुलसीपुर उपमहानगरपालिका–१७ मानपुरस्थित सडकमा रा.५ प ९७८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक चौधरी गम्भिर घाइते भएका थिए ।
घाइते चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

