संस्कृति संरक्षणका लागि महिलालाई नौमती बाजा हस्तान्तरण

गुल्मी । गुल्मीमा महिलालाई नौमती बाजा हस्तान्तरण गरिएको छ ।

जिल्लाको इस्मा गाउँपालिकाको स्वीकृत कार्यक्रम अनुसार वडा नम्बर– ४ हुलका मगर समुदायका महिलाहरुलाई संस्कृति संरक्षणका लागि नौमती बाजा हस्तान्तरण गरिएको हो ।

जनजातिमध्ये मगर समुदाय बाहुल्यता रहेको यहाँ सांस्कृतिक विविधतामा एकता कायम राख्नका लागि नौमती बाजा हस्तान्तरण गरिएको हो । मगर समुदायको पराम्परागत संस्कृति संरक्षणका लागि नौमती बाजा हस्तान्तरण गरिएको छ ।

लोप हुँदै गइरहेको परम्परागत र मौलिक नौमती बाजाको संरक्षणका लागि गाउँपालिकाले महिलाहरुलाई नौमती बाजा हस्तान्तरणसंगै सीप पनि सिकाउने गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले बताए ।

मगर समुदाय भित्रका महिला दिदिबहिनीहरुलाई बाजा बजाउन सिकाइ सांस्कृतिकसँगै आर्थिक रुपमा परिपक्व बनाउने गाउँपालिकाको लक्ष्य रहेको उनले बताए । आवश्यकता अनुसार गाउँपालिकाले नौमती बाजा बजाउने तालिम समेत प्रदान गर्ने भएको छ ।

त्यहाँका महिलालाई करिब दुई लाख रुपियाँ बराबरको नौमती बाजा हस्तान्तरण गरिएको छ । अहिले यहाँका महिला दिदिबहिनीहरुले राम्रोसँग बाजा बजाउन सिके भने प्रभावकारी रुपमा यसलाई अगाडि बढाउन सकियो भने कालान्तरमा सबै वडाहरुमा महिला नौमती बाजा समूह बनाउने उद्देश्य रहेको गाउँपालिकाले जनाएको छ ।

बाजालाई सहि सदुपयोग गर्न आग्रह गर्दै यसबाट महिला दिदीबहिनीहरुले मनग्य लाभ लिन जरुरी रहेको उ गाउँपालिकापाध्यक्ष पार्वती कुँवरले बताइन् ।

बाजा टुट्ने फुट्ने गरि कसैको घरमा राख्न नहुने जुन उद्देश्यले माग गरेको हो त्यो पूरा गर्न जरुरी रहेको उनले बताइन् । गाउँपालिकाबाट नौमती बाजा पाएसँगै त्यहाँ महिलाहरु अत्यन्तै खुसी देखिएका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?