back to top

भारतको राम मन्दिरमा प्राणप्रतिष्ठा, नेपालको पालिकामा बिदा !

काठमाडौं । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाले सोमबार बिदा दिएको छ । भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरमा प्राणप्रतिष्ठाको अवसर पारेर पालिकाले स्थानीय बिदा दिएको हो ।

रामको विवाह नेपाली छोरी सीतासँग भएकाले बिदा दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरीले बताए । गाउँपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था र शैक्षिक संस्थाहरुमा बिदा दिइएको अध्यक्ष मण्डलले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ ।

पालिकाले सोमबार पशुपन्छी र जीवजन्तुको बध, माछामासु र मदिराको बिक्री वितरण नगर्न समेत आग्रह गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?