गुल्मीमा चितुवा मृत भेटियो

गुल्मी । गुल्मीको इस्मा गाउँपालिका–२ पालुखास्थित जंगलमा मृत अवस्थामा चितुवा फेला परेको छ ।

जंगलमा चितुवा मृत फेला परेपछि स्थानीयले वन कार्यालयलाई खबर गरेका थिए। मृत अवस्थामा फेला परेको चितुवालाई डिभिजन वन कार्यालय गुल्मीलाई जिम्मा लगाइएको वडाअध्यक्ष लोकनाथ आचार्यले बताए ।

चितुवाको मुखमा चोट लागेको अवस्थामा फेला परेको डिभिजन वन कार्यालय गुल्मका सहायक वन अधिकृत पंकजकुमार ठाकुरले बताए ।

दुईवटा चितुवा एक आपसमा लडने क्रममा मृत्यु भएको हुनसक्ने अनुमान गरिएको उनले बताए । चितुवालाई अन्य कुनै पासो थाप्नेलगायतका क्रियाकलाप नभेटिएको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?