नेपालगन्जमा सुर्तीजन्य पदार्थ निषेध गर्ने तयारी

बाँके । आगामी १ वैशाखदेखि नेपालगन्ज उपमहानगरपालिकामा सुर्तीजन्य पदार्थ पूर्ण रूपमा निषेध गरिने भएको छ ।

नेपालगन्जका प्रमुख प्रशान्त विष्टको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले १ वैशाख २०८१ देखि नगर क्षेत्रभित्र सुर्तीजन्य पदार्थको उपभोग तथा बिक्री–वितरण पूर्ण रूपमा निषेध गर्ने गरी तयारी गर्ने निर्णय गरेको स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताए ।

बैठकले सुर्तीजन्य पदार्थबाट हुने हानी नोक्सानीबारे विभिन्न माध्यमबाट पालिकाभर व्यापक सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, उपमहानगरपालिका कार्यालयसँगै वडा कार्यालय र नगरभित्रका सम्पूर्ण कार्यालयमा सुर्तीजन्य पदार्थको उपभोग तथा वितरणमा निषेध गर्ने गरी सचेतनामूलक सूचनापाटी टाँस गर्ने एवं सुर्तीजन्य पदार्थको उत्पादन र बिक्री–वितरण गर्ने निकाय एवं व्यवसायीको तथ्यांक संकलन गर्ने निर्णय भएको चन्दले जानकारी दिए ।

‘वैशाख १ देखि नगरलाई सुर्तीजन्य पदार्थ निषेधित क्षेत्र घोषणा गर्ने निर्णय भएको छ । त्यसअघि सचेतना प्रवर्द्धनसँगै तयारी अभियान चलाउँछौँ,’ नगर प्रमुख विष्टले भने ।

नेपाल सरकारका उपसचिव पुष्कर नेपालले संघीय ऐनमा सुर्तीजन्य पदार्थ नियमन र नियन्त्रणका विषयमा भएका व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय सरकारले तदारुकता देखाउन आवश्यक रहेको बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?