हुस्सु र शीतलहरले तराईको जनजीवन कष्टकर

काठमाडौं । निरन्तरको हुस्सु र शीतलहरका कारण तराईको जनजीवन कष्टकर बन्दै गएको छ । पुस मध्यदेखि सुरु भएको हुस्सु र कुहिरोले सर्वसाधारणको दैनिकी थप कष्टकर बन्दै गएको हो ।

तराईका अधिकांस क्षेत्रमा दिनभरी नै बाक्लो हुस्सु लाग्ने गरेको छ भने शितलहरका कारण चिसो बढ्दै गएको छ । केही क्षेत्रमा दिउँसोपछि हुस्सु हटेपनि अधिकांस क्षेत्रमा घाम नलागेको हप्तौं भइसकेको छ ।

झण्डै महिना दिनदेखि जारी हुस्सु कुहिरो अझै तीन चार दिनसम्म लगातार लाग्ने मौसम विभागले जनाएको छ । घाम नलाग्दा वृद्धवृद्धा, विद्यालय जाने बालबालिका र दैनिक मजदुरी गरेर जीविका चलाउने सबै भन्दा बढी प्रभावित भएका छन् ।

निरन्तरको शीतलहरका कारण तरकारी बालीमा समेत क्षति पुग्न थालेको छ । डढुवा रोगले आलु, गोलभेडा लगायतका तरकारी बालीमा क्षति पुग्न थालेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?