बुटवल । बर्दियामा अवैध लागूऔषध सहित एक जना पक्राउ परेका छन् ।
शनिबार साँझ जिल्ला बाँसगढी नगरपालिका–९ पहाडिपुरबाट अवैध लागूऔषध गाँजा सहित सोही ठाँउको माछागडका २४ बर्षीय अम्मर बहादुर चनारालाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी चौकी लक्ष्मणाबाट खटिएको प्रहरीले उनलाई करिब १ किलो ४५ ग्राम उक्त पर्दाथ सहित पक्राउ गरिएको जनाएको छ ।

