तराईमा आज पनि हुस्सु तर पानी नपर्ने

काठमाडौं । तराईका अधिकांश स्थानहरुमा आज पनि हुस्सुरकुहिरो लागेको छ । केही ठाउँमा शीतलहर चलेकोले जनजीवन कष्टकर बनेको छ ।

पहाडी क्षेत्रमा भने मौसम आंशिकरुपमा बदली भएको छ । त्यसबाहेक भू-भागमा सामान्यतया मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हिमपातको सम्भावना रहेपनि वर्षा हुने सम्भावना भने नरहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज रातिसम्म कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हिमपातको सम्भावना छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?