४ हजार घुससहित पक्राउ परेका अमिनविरुद्ध मुद्धा

बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार हजार रुपैयाँ घुस लिने अमिन गोविन्द ढकालविरुद्ध विशेष अदालत काठमाडाैंमा आरोपपत्र दायर गरेको छ ।

नापी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा अमिन पदमा कार्यरत गोविन्द ढकालले जग्गा नाँपजाँच गरी लालपुर्जा दिन सेवाग्राहीसँग चार हजार रुपैयाँ घुस लिएको पुष्टि भएपछि उनीविरुद्ध मुद्दा दर्ता गरेको अख्तियारले जनाएको छ ।

आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले अमिन ढकाललाई घुस रकमसहित पक्राउ गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?